GBIME

मोलुङ हाइड्रोपावरको आईपीओ बाँडफाँट, भाग्यमानी ५ जनाले पाए ११ कित्ता

2.34K
shares

काठमाडौं, १९ फागुन । मोलुङ हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यलयमा आज अर्थात शुक्रबार बिहान आईपीओ बाँडफाँट भएको हो ।

क्यापिटलका अनुसार आईपीओमा कुल १४ लाख २४ हजार ३ सय ५१ आवेदकबाट १ करोड ५५ लाख ७९ हजार ८ सय कित्ताको आवेदन परेको थियो । जस मध्ये ७ हजार ५ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । योग्य आवेदकको संख्या १४ लाख १७ हजार ३ सय ४६ रहेको छ।

माग भन्दा बढीको आवेदन परेकोले क्यापिटलले योग्य रहेका १४ लाख १७ हजार ३ सय ४६ जनालाई गोलाप्रथामा सहभागी गराएर गोलाप्रथा मार्फत शेयर बाँडफाँड गरेको छ । जस अनुसार २ लाख २६ हजार ४ सय ६५ जनाले शेयर पाएका छन् ।

२ लाख २६ हजार ४ सय ६५ जना आवेदक मध्ये ५ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकीले १० कित्ता शेयर पाएका छन् ।

कम्पनीले फागुन ४ देखि फागुन १० गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले कम्पनीमा कार्यरत कर्मचारीको लागि ५४ हजार ५ सय ७० कित्ता शेयर र सर्वसाधारणलाई २२ लाख ६४ हजार ६ सय ५५ कित्ता शेयर निष्काशन गरेको थियो ।