भैरहवा उडेको श्री एयरको विमानको इन्जिनमा समस्या आएपछि काठमाडौं फर्काइयो
वि.सं.२०७९ फागुन २५ बिहीवार १०:३१
shares
पुरानाे तस्वीर
काठमाडौं, २५ फागुन । काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको छ । श्री एयरलाइन्सको विमानमा आगोलागेको देखिएपछि धादिङबाट काठमाडौं फर्काइएको छ ।
उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो देखिएपछि धादिङको थाक्रेबाट काठमाडौं फर्काइएको हो । त्रिभुवन विमानस्थलमा सुरक्षित रुपमा अवतरण गरेको विमानका सबै यात्रु र चालक दलका सदस्य सुरक्षित रहेको विमानस्थल स्रोतले जनाएको छ ।

















