एनआईबीएल एस क्यापिटल र सिटिटेक ग्रुपबिच सम्झौता
वि.सं.२०७९ चैत २० सोमवार १४:१९
shares

काठमाडौं, २० चैत । एनआईबीएल एस क्यापिटल लिमिटेड र सिटिटेक ग्रुप प्रा.लि बीच सम्झौता भएको छ । एनआईबीएल म्युचुअल फण्ड अन्र्तगत सञ्चालित एनआईबीएल सहभागीता फण्डमा “Corporate Payroll SIP” मार्फत उक्त कम्पनीका कर्मचारीहरुले लगानी गर्ने उद्देयका साथ दुई कम्पनि बिच सम्झौता भएको हो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (साविकको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड) द्वारा प्रर्वद्धित एनआईबीएल म्युचुअल फण्ड अन्र्तगतका योजनाहरुको योजना व्यवस्थापक तथा डिपोजटरी रहेको एनआईबीएल एस क्यापिटल लिमिटेड र नेपालमा फिनटेक, इनोभेटिभ सलुशन, रेमिटेन्स, माइक्रो–लेन्डिङ, डिजिटल पेमेन्ट, वालेट, पी.ओ.एस., ब्लकचेन जस्ता सेवाहरु संचालन गर्दै आइरहेको सिटिटेक ग्रुप प्रा.लि. सहकार्य गर्ने सहमति भएको छ । यस योजना अन्तर्गत, सिटिटेक ग्रुप प्रा.लि. का विभिन्न तहका कर्मचारीहरुले मासिक रुपमा आफ्नो तलबको केही अंश निरन्तर एनआईबीएल सहभागीता फण्डमा व्यवस्थित लगानी योजना (SIP) मार्फत लगानी गर्न सक्नेछन् ।
उक्त सम्झौतामा सिटिटेक ग्रुप प्रा.लि. का तर्फबाट कम्पनिका वित्तीय प्रमुख अच्युत अधिकारी र एनआईबीएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायव महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।















