Dhulikhel Eco Banner new

महिलाको विकास विना मुलुकको विकास अधुरो छ : सञ्चारमन्त्री शर्मा

5.08K
shares

काठमाडौं, २० चैत । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले समग्र महिलाहरूको विकास विना समाज तथा देशको विकास अधुरो हुने बताएकी छिन् ।

सञ्चारीका समूहको २६ औँ वार्षिक साधारण सभा पुरस्कार वितरण तथा सञ्चारीका अग्रणी सम्मान समारोहमा बोल्दै उनले देशको ५१ प्रतिशत जनसंख्या भएका महिलाको विकास नभईकन देश विकास हुन नसक्ने बताइन् ।

महिलाको विकास हुनु भनेको सम्पूर्ण मानव जाति कै विकासका लागि आधार हुने उनको भनाई छ ।
उनले भनिन् ‘ महिलाहरूको विकास हुनु भनेको त्यो महिलाहरूको मात्र विकास हुनु होइन, त्यो समाजको विकास हो किनभने ५१ प्रतिशत महिलाको जनसंख्या छ भने बहुमत जनसंख्याको विकास नभईकन कसरी देशको विकास हुन्छ ? समाजको कसरी हुन्छ ? महिलाको विकास महिलाको मात्र होइन । महिलाको विकास भन्या सम्पूर्ण मानव समुदायको विकास हो भन्ने बुझ्नु पर्छ । ’

उनले सञ्चारीका समूहले संविधान निमार्ण गर्ने क्रममा महिला सांसदहरूलाई बोलाएर गरेका कार्यक्रमको स्मरण गर्दै महिला अधिकार स्थापनामा समूहको भूमिका महत्त्वपूर्ण रहेको बताइन् ।
उनले भनिन् ‘महिलाको पक्षमा कानून निमार्ण गर्नुपर्छ भनेर संविधान निमार्ण गर्ने क्रममा महिला सांसदहरूलाई बोलाएर धेरै कार्यक्रमहरू गर्नु भएको छ । त्यस कारणले पनि अहिलेको संविधानमा महिलाका समस्याहरू जति सकेका छौ जे जति भएको छ त्यसका लागि सञ्चारीका समूहको महत्त्वपूर्ण भूमिका छ ।

पत्रकार महिलालाई सूचना प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएकी उनले सञ्चारिका समूहको २६ औँ नीति तथा कार्यक्रम र बजेटमा नै सहभागी गराएर अघि बढ्न सुझाव दिइन् । कार्यक्रममा सञ्चारकर्मी रिना गुरुङ र सूर्यकुमारी पन्तलाई सञ्चारीका अग्रणी स म्मान प्रदान गरिएको छ । त्यस्तै २० हजार नगद सहित समानता पुरस्कार सिर्जना खड्कालाई, १० हजार नगद सहितको उमासिंह पत्रकारिता पुरस्कार रिना थापा र जनही १० हजारको प्रोत्साहन पुरस्कार निशा श्रेष्ठ र ज्ञानु घिमिरेलाई प्रदान गरिएको छ ।