Dhulikhel Eco Banner new

उमेशलाल समूह होइन परिवर्तनको सम्वाहक हो : उमेशलाल श्रेष्ठ

5.12K
shares

काठमाडौं, २० चैत । नेपाल उद्योग वाणिज्य महासंको वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले आफ्नो समूहलाई परिवर्तनको सम्भागको समूह भएको बताएका छन् । सोमबार उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो समूहलाई उमेशलाल समूह नभएर परिवर्तनको सम्भावहग समूह भन्ने अनुरोध गरेका हुन् ।

डिलमा पुगेको अर्थतन्त्रको नेतृत्व गर्नका लागि आफू महासंघको नेतृत्वमा जानु पर्ने आवश्यकता रहेको उनको भनाइ छ । ‘सबै व्यवसायीहरुका हकहितलाई केन्द्रमा राखेर मैले काम गर्ने हो,’ उनले भने । नेतृत्वमा पुगेर व्यवसायीले अनुभवव गर्ने गरी काम गर्ने उनले बताए ।

राजनीतिक परिवर्तन सकिएको भन्दै आर्थिक परिवर्तनको आवश्यकता रहेको उनको भनाइ छ । परिणाम निस्कने गरी काम गर्ने उनको प्रतिबद्धता थियो ।