Dhulikhel Eco Banner new

राजश्वका कर्मचारीलाई अर्थमन्त्रीले भने– करदातालाई अनावश्यक दुःख नदिनू

5.28K
shares

विराटनगर, १४ वैशाख । अर्थमन्त्री डा. प्रकारशरण महतले करदाताहरुलाई अनावश्यक दुःख नदिई सहजिकरण गर्न राजश्वका कर्मचारीहरुलाई निर्देशन दिएका छन् । बिहीबार विराटनगर भन्सार कार्यालयको निरीक्षणमा पुगेका अर्थमन्त्री डा. महतले करदाताहरुलाई सरकारलाई सहजीकरण गर्नुपर्ने बताएका हुन् ।

कतिवय अवस्थामा करदाताहरुले अनावश्यक दुःख पाएको सुन्ने गरिएको भन्दै उनले करदाताहरुलाई सहजिकरण गर्नुपर्ने बताएका हुन् । ‘राजश्व हामीले बढाउने हो, तर राजश्व बढाउने भनेर अनावश्यक दुःख दिने होइन’ उनले भने, ‘जे जायज छ, जे गर्नुपर्छ, जुन नियम कानूनले दिन्छ, त्यो हामीले गर्नुपर्छ ।’

उनले कर्मचारीहरुलाई उच्च पारदर्शीताका साथ काम गर्न निर्देशन समेत दिए । सेवाग्राहीहरुलाई सहज र सौहार्यपूर्ण वातावरणमा सेवा दिनु पर्ने बताए । नियम कानून अनुसार काम गरेर सेवाग्राही माफ प्रस्तुत हुनुपर्ने उनले बताए ।

राजश्व चुहावटमा माफी हुन नसक्ने समेत उनले बताएका छन् । कामकै आधारमा अर्थमन्त्रालयले हेर्ने भन्दै आफूले गर्नुपर्ने काम जिम्बेवारी पूर्ण ढंगले पुरा गर्न अनुरोध गरे ।