नेप्से परिसूचकमा ८.९० अंकको सुुधार
वि.सं.२०७९ जेठ ४ बुधवार १५:३०
6.06K
shares
shares

काठमाडौं, ४ जेठ । साताको तेस्रो कारोबारको दिन नेप्से परिसुचक झिनो सुुधार भएको छ ।
बुधबार नेप्से परिसूचक ८ दशमलव ९० अंकले बढेको छ । आज नेप्से परिसूचक शुुन्य दशमलव ३९ अंकले बढेर २२७४ दशमलव ४२ अंकमा पुगेको हो ।
नेप्से परिसूचकसँगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ४१ ले बढेको छ । दिनभर भएका २७ हजार ५७ कारोबारबाट २ सय २७ कम्पनीका ३१ लाख ५६ हजार ९ सय १३ कित्ता शेयर किनबेच भएका छन् ।
जसबाट कारोबार रकम १ अर्ब ३२ करोड ६३ लाख २० हजार ३ सय ४६ पुगेको छ ।



















