GBIME

प्रतिनिधिसभा बैठक : सरकारको नीति कार्यक्रममाथि छलफल जारी रहने

726
shares

काठमाडौं, १० जेठ । सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आज (बुधबार) पनि जारी रहने भएको छ । गत शुक्रबार सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममाथि हुदै आएको छलफलले आज पनि निरन्तरता पाउने संघीय संसद सचिवालयले जनाएको छ ।

आइतबारदेखि सुरु भएको छलफलमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले,राष्ट्रिय प्रजातन्त्र पार्टी,राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसदहरुले नीति कार्यक्रम प्रति धारणा राखिसकेका छन् ।

मंगलबार सत्ता पक्षका सांसदले धारणा राखेको संसदमा आज पनि नीति तथा कार्यक्रममाथि नै छलफल हुने बताईएको छ । बैठक बिहान ११ बजे सुरु हुनेछ ।