Dhulikhel Eco Banner new

वातावरण दिवसको अवसरमा सांग्रीला डेभलोपमेन्ट बैंकको साइकल र्‍याली

6.27K
shares

काठमाडौं, २० जेठ । विश्व बातावरण दिवसका अवसरमा सांग्रिला डेभलपमेन्ट बैंक लि.ले “इन्धन जोगाऔं, पृथ्वी बचाउौं”, नाराका साथ डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालसँगको सहकार्यमा साइकल र्‍यालीको आयोजना गरी सम्पन्न गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठबाट साइकल ¥यालीमा सहभागीहरुलाई वातावरण संरक्षणमा सर्वसाधारणको दायित्व विषयमा संवोधन गरिए पश्चात साईकल र्‍यालीको शुरुवात गरिएको थियो ।

बैंकको केन्द्रिय कार्यालय बालुवाटारको प्राङ्गण र्‍यालीबाट सुरु भई गैरीधारा, नारायणचौर, नागपोखरी, नारायणहिटि, दरबार मार्ग, भद्रकाली मन्दिर, शहिद गेट, त्रिपुरेश्वर, सुन्धारा, जमल, दरबार मार्ग, कृष्ण पाउरोटी, सिटि सेन्टर, ज्ञानेश्वर, जर्मन ऐम्बेसी, सानो गौचरण पुगेर करिब १० कि. मि. को दुरीको यात्रा सम्पन्न भएको थियो । उक्त साइकल र्‍यालीमा बैंकका कर्मचारी, गाहकवर्ग, शेयरधनी, प्रायोजक एवं यस बैंक प्रति सद्भाव राख्ने सम्पूर्ण शुभेच्छुक महानुभावहरु गरीे लगभग ४०० भन्दा बढीको उपस्थिती रहेको थियो ।

यस साइकल र्‍यालीबाट सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वातावरण प्रवद्र्धन प्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै इन्धनको मितव्ययिता एवं साइकल जस्तो बैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदुषण नियन्त्रणमा टेवा पु¥याउनको निम्ति समाजमा चेतना फैलाउन योगदान पुग्ने विश्वास राखेको छ ।

सो र्‍यालीमा सहभागी भएका सम्पूर्ण सहभागीहरुलाई टिर्सट र चिनो स्वरुप एक एक वटा विरुवा प्रदान गरिएको थियो । साथै एक साईकल र्‍यालीमा सहभागी हुनुभएका श्री राधा कृष्ण श्रेष्ठज्यूलाई लक्की ड्रबाट उपहार स्वरुप एउटा साइकल प्रदान गरिएको थियो ।

“इन्धन जोगाऔं ,पृथ्वी बचाउौं” भन्ने नाराका साथ वातावरण दिवसको अवसरमा आयोजना गरिएको यस साईकल र्‍यालीमा सम्पूर्ण व्यक्तित्वहरुको उत्साहपूर्वक सहभागीता रहेको थियो ।