चलचित्र क्षेत्रलाई सरकारसँग जोड्ने पुलको काम गर्छु : खेलकुद मन्त्री लिम्बू
वि.सं.२०८० जेठ २४ बुधवार १७:५३
shares

काठमाडौं, २४ जेठ । युवा तथा खेलकुदमन्त्री डिग बहादुर लिम्बूले चलचित्र क्षेत्रलाई सरकारसँग जोड्ने पुलको रुपमा काम गर्ने प्रतिवद्धता जनाएका छन् । बुधबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उनले आफु मन्त्रीको रुपमा मात्र नभएर जनताको सेवकको रुपमा भूमिका निर्वाह गर्न तयार रहेको बताए ।
उनले चलचित्र क्षेत्रलाई सरकारसँग जोड्ने पुलको रुपमा काम गर्ने दृढता पनि व्यक्त गरे । उनले भने,‘चलचित्र क्षेत्रलाई सरकारसँग जोड्ने पुलको काम गर्छु म । त्यसको लागि तपाईहरुले साथ दिनुपर्छ मलाई । काम लगाउनु पर्यो । म सेवक हुँ मन्त्रीको रुपमा जिम्मेवारी पूरा गर्दै गर्दा पनि जनताको सेवक हुँ ।’
मन्त्री लिम्बूले आगामी दिनमा चलचित्र क्षेत्रलाई सरकारको नीति तथा कार्यक्रममा जोड्न आवश्यक पहल गर्ने पनि बताए ।


















