बजेटमा आयको अनुमान अविश्वसनीय छ : सांसद वाग्ले
वि.सं.२०८० जेठ २६ शुक्रवार १६:२६
shares

काठमाडौं, २६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको बजेटमा आयको अनुमान अविश्वसनीय रहेको तर्क गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभामा आर्थिक वर्ष २०८० ÷ ८१ को राजस्व र व्ययको वार्षिक अनुमान माथिको छलफलमा सहभागी बन्दै सांसद वाग्लेले बजेटको आय व्ययको अनुमान फेल हुनुको कारण खोजिनु पर्ने बताए ।
उनले भने ‘आयको अनुमान अविश्वसनीय छ । व्ययको अनुमान ईच्छा प्रेरित छ । धेरै बहस सुनियो । सुकेको व्यापार, गुमाएको रोजगारी, जोखिममा परेका लगानी र फैलिएको नैराश्यको उपचार परीक्षित आर्थिक नीति र सत्ताको बागडोर सम्हाल्ने मन्त्रीहरुका नैराश्यता र क्षमता माथि नागरिकले गर्ने विश्वास नै हो ।’
सांसद वाग्लेले अगाडि भने ‘हाम्रो बजेटको आय व्ययको अनुमानहरु किन र कसरी फेल भईरहेका छन् भन्ने विष्लेषण सरकारले कसरी गरिरहेको छ ? ’


















