Dhulikhel Eco Banner new

पुस्तक वार्षिक पर्वमाला’ प्रकाशित

4.58K
shares

काठमाडौं,७ जेठ । पण्डित हरिहर पोखरेलको तेस्रो कृति वार्षिक पर्वमाला’ प्रकाशित भएको छ । यसअघि विशद् चिन्तन’ र ‘भजनसुधा’ प्रकाशित गरिसक्नुभएका उनले परम्परादेखि सौर्य र चन्द्रमानअनुसार वर्षभरि मनाउँदै आइएका महत्वपूर्ण चाडपर्वका सम्बन्धमा बुझ्न चाहने जिज्ञासुलाई उपयोग हुुने गरी यो पुस्तक प्रकाशनमा ल्याएका हुन् ।

वर्तमान व्यस्त जीवनशैलीका कारण नितान्त गर्नैपर्ने कर्ममा पनि सन्ततिहरुबाट कता कता कन्ज्युस्याइँ गरेको देख्दा तिनलाई सम्झाइबुझाई आफ्नो संस्कृति र परम्पराको गरिमा अभिवृद्धि गर्नु यो पुस्तकको उद्देश्य रहेको लेखकको भनाइ छ ।

दुई सय आठ पृष्ठ लामो यस पुस्तकमा नववर्ष तथा मेष सङ्क्रान्ति पर्व एवं विस्काजात्रा, मातातीर्थ औंसी, अक्षय तृतीया, परशुराम जयन्ती, आद्यगुरु शङ्कराचार्य जयन्ती, गङ्गा सप्तमी, सीता जयन्ती, नृसिंह चतुर्दशी, बुद्ध जयन्ती, गोरखनाथ जयन्तीलगायत ७३ पर्वका बारेमा चर्चा गरिएको छ ।

ललितपुरको लामाटारस्थित निवृत्त राष्ट्रसेवक समूहको आयोजनामा भएको कार्यक्रममा निवृत्त राष्ट्रसेवकहरु बद्रीनाथ शर्मा पौडेल, शिवराम पौडेल , किशोर पौडेललगायतले संयुक्तरूपमा उक्त पुस्तक लोकार्पण गर्नुभएको थियो ।