Dhulikhel Eco Banner new

तीन ओटा कम्पनीले दिए आइपीओ जारी गर्न आवेदन

5.66K
shares

काठमाडौं, ७ जेठ । दुई वटा हाइड्रोपावर र एउटा डेभलपमेन्ट कम्पनीले आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

बोर्डका अनुसार पछिल्लो चरणमा माया खोला हाइड्रोपावर, मकर जीतुमाया सुरी हाइड्रोपावर र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आइपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन गरेका हुन ।

जसमा सबैभन्दा धेरै माया खोला हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण दुवैलाई गरी कुल ३४ लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ३४ करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।

भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीले पनि आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण दुवैलाई गरी कुल १६ लाख ३१ हजार १६० कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले आइपीओ बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गर्नेछ ।

यस्तै, मकर जीतुमाया सुरी हाइड्रोपावर कम्पनीले पनि आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण दुवैलाई गरी कुल २२ लाख ८० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले आइपीओ बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।