अपर हेवाखोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
वि.सं.२०७९ जेठ ८ आइतवार १५:१३
shares

काठमाडौं, ८ जेठ । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ १० गते मंगलवारदेखि स्थानीय बासिन्दाका लागिआईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका स्थानीय बासिन्दाहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले ५ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ५ लाख कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।
यो आईपीओ छिटोमा जेठ २४ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलो अवधि अर्थात् असार ८ गतेसम्म विक्री खुला हुने मिति तय भएको छ । केयर रेटिङ नेपाले कम्पनीको आईपीओलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी आईएस रेटिङ प्रदान गरेको छ ।
शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै स्थानीयले प्रभु बैंकको खाँदबारी शाखा, ग्लोबल आइएमई बैंकको चैनपुर शाखा, सिद्धार्थ बैंकको खाँदबारी शाखा, प्राइम कमर्सियल बैंकको खाँदबारी, तुम्लिङटार, सभापोखरी शाखा र नेपाल बंगलादेश बैंकको पाँचखपन शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ सी ( आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट पनि आवेदन दिन सकिनेछ ।















