Dhulikhel Eco Banner new

नेपालको शैक्षिक गुणस्तर सुधार्न आवश्यक : अर्थमन्त्री महत

4.38K
shares

काठमाडौं, २५ असार । अर्थमन्त्री डा. प्रकाश शरण महतले सरकारलाई सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि गर्न तथा विद्यार्थी पलायनको अवस्थालाई रोक्न चुनौतिपूर्ण भएको बताएका छन् ।सोमबार नेपाल पब्लिक क्याम्पस संघको ३३ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारी शैक्षिक प्रणालीको र शैक्षिक गुणस्तर सुधार सरकारका लागि चुनौतिको विषय बन्दै गएको बताए ।

उनले भने, ‘हामीले हाम्रो शैक्षिक गुणस्तरलाई विकास गर्नुपर्ने आवश्यकता छ। खास गरेर सार्वजनिक क्षेत्रको चाहे सरकारले सञ्चालन गरेको विद्याालय,कलेज होस या अर्धसरकारी स्कूल क्याम्पस होस् । यसको गुणस्तर बढाउने चुनौति छ ।’

उनले सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि आवश्यक रहेको भन्दै सरकारले सिमित क्षमताबाट तत्काल स्रोत व्यवस्थापन गर्न नसक्ने तर, भएका स्रोत साधनलाई थप जागरुक र क्रियाशील बनाउँदै लैजान सके शैक्षिक गुणस्तरमा सुधार आउने धारणा राखे ।

‘सार्वजनिक शिक्षाको गुणस्तर कसरी बढाउने त्यसको दुईवटा उपाए छ । एउटा रिसोर्स थप्नुप¥यो, अर्को मानव संसाधन र सपोर्ट सिस्टमलाई जागरुता, सर्मपण र क्रियाशीलता बढाएर त्यसको गुणस्तरमाथि बढाउनुपर्छ’, महतले भने ।

उनले सरकारले आफ्ने क्षमताले भ्याएसम्म सार्वजनिक शिक्षाको गुणस्तर विकासमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । महतले सरकारले खर्च गर्ने बजेटको तरिका प्राथमिकताको आधारमा भन्दा पनि जथाभावि भएकाले आवश्यक क्षेत्रमा बजेट जान नसकेको बताए ।