Dhulikhel Eco Banner new

प्रधानमन्त्री दाहालको प्रश्न : प्रतिपक्षीले राजीनामा माग्दैमा दिइहाल्नु पर्ने हो र ?

3.51K
shares

काठमाडौंं, २४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीय व्यवस्थामा प्रतिपक्षले माग्ने वित्तिकै राजीनामा दिनु पर्ने हो कि स्पष्टीकरणको अवसर पनि हुन्छ भन्दै प्रश्न गरेका छन् । आफ्नो विवादास्पद अभिव्यक्ति पछि अवरुद्ध भएको संसद बैठक सोमबार बस्दा प्रधानमन्त्री दाहालले आफुमाथि लागेको आरोपको प्रष्टीकरण दिएका थिए । उनले संसदमा आफ्नो जवाफ दिदैं आफु काउन्टर एटेकका लागि नभइ स्पष्टीकरणक लागि उपस्थित भएको बताए ।

उनले भने ‘मैले आफ्नो कमजोरी सहज र स्पष्ट शब्दमा स्वीकार्ने गरेको छु, तर मेरो राजीनामा मागेर ३ दिनसम्म संसद अवरुद्ध गर्नु जायज हो ?’

यति गम्भीर प्रश्न उठि नै सकेपछि आफ्नो स्पष्टीकरण दिने कुरा आफ्नो व्याख्या विश्लेषण दिने अवसर सबै भन्दा ठूलो पक्ष भएको भन्दै प्रधानमन्त्री दाहालले भने ‘ अहिले माननीय सदस्यहरुले स्पष्ट पार्नु पदैन भनेर बडो गम्भीर ढंगले भनियो । म सुरुदेखि स्पष्ट पार्न भनेर बसेको थिएँ तर किन संसद अवरुद्ध गरियो । राजीनामा नआएसम्म संसद चल्न दिइदैन किन भनियो मैले बुझ्न सकेको छैन ।’