Dhulikhel Eco Banner new

लगानी आकर्षित गर्न पूँजीगत लाभकर घटाउने प्रस्ताव

6.32K
shares

काठमाडौं, ८ जेठ । धितोपत्र बजारमा गरिने दीर्घकालीन लगानी प्रोत्साहन गर्न पूँजीगत लाभकर घटाउन नेपाल धितोपत्र बोर्डले प्रस्ताव गरेको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटका लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धमा बोर्डले यस्तो प्रस्ताव गरेको हो ।

बोर्डले गरेको प्रस्ताव अनुसार अल्पकालीन लगानीको समय १८० दिन मानेर त्यस्तो लगानीबाट भएको आम्दानीमा ६.५ प्रतिशत मात्र पूँजीगत लाभकर लगाउन भनिएको छ । अहिले अल्पकालीन लगानी १ वर्षलाई मानेर ७ प्रतिशत पूँजीगत लाभकर लाग्दै आएको छ ।

१८० दिन भन्दा बढी अवधिको समयलाई दीर्घकालीन लगानी मानेर त्यस्तो लगानीको आम्दानीलाई भने ४ प्रतिशत मात्र पूँजीगत लाभकर लिन बोर्डले प्रस्ताव गरेको हो । अहिले दोस्रो बजारमा कारोबार नहुँदा सरकारको राजस्व प्राप्ति समेत प्रभावित भएको भन्दै बोर्डले लगानीकर्ताको मनोबल उठाउन यस्तो प्रस्ताव गरेको हो ।

विशिष्टीकृत लगानी कोषको आर्जित आयमा कर नलाग्ने व्यवस्थाको समेत प्रस्ताव बोर्डले गरेको छ । धितोपत्र बजारलाई लगानीमैत्री बनाउन धितोपत्रको प्राथमिक तथा दोस्रो बजारमा लगानी गर्दा लाग्ने शूल्कमा पुनरावलोकन गर्न समेत भनिएको छ ।