Dhulikhel Eco Banner new

बन्चरे डाँडामा मुडभेटको अवस्था सुरु हुने सम्भावना

6.45K
shares

काठमाडौं, ५ साउन । काठमाडौंको फोहोर व्यवस्थापन गर्ने ठाउँ बन्चरे डाँडा विवाद सुरु भएको छ । स्थानीयहरुले आफुहरुलाई फोहोरमा बस्दा धेरै समस्या भएपछि काठमाडौंको फोहोर फाल्न रोक लगाएका हुन् ।

स्थानी सुमित्रा घिमिरले आफुहरु ४ दिन अघिदेखि आन्दोलन गर्दै आउँदा पनि सरोकारवाला निकायले चासो नदेखाएको गुनासो गरेकी छिन् । केटिएम भ्वाइसँगको कुराकानीमा उनले एक गते पनि काठमाडौंबाट गएको फोहोरको गाडीपनि फर्काएको बताइन् ।

‘५ दिनदेखि हामी आन्दोलनमा छौं तर पनि सरोकारवाला निकायले हामीलाई कुनै पनि सम्झौता र जानकारी केही गराएको छैन’ उनले भनिन्,‘ उनले भनिन् । उनले केही पनि जानकारी सम्झौता बिना नै फेरीपनि फोहोरको गाडीहरु आएको भन्दै आक्रोश पोखिन् ।

उनले काठमाडौंदेखि प्रहरीहरु आउँदै गर्दा मुडभेटको सम्भावना रहेको बताइन् । उनले सझौता नभएसम्म फोहोर फाल्न नदिने चेतावनि समेत दिएकी छिन् ।