मौद्रिक नीति सकारात्मक छ : बैंकर्स संघ
वि.सं.२०८० साउन ९ मंगलवार ०९:४३
shares
बैंकर्स संघका अध्यक्ष सुनिल केसी
काठमाडौं, ८ साउन । नेपाल बैकर्स संघले नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति सकारात्मक रहेको प्रतिक्रिया दिएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष सुनिल केसीले गत सालको नीतिलाई निरन्तरता दिने गरि सन्तुलित ढंगले मौद्रिक नीति आएको बताएका हुन् ।
गत वर्ष ऋण विस्तार ३ प्रतिशत मात्रै भएको तर ११.५ प्रतिशतको लक्ष्य राखिएको यो अलि कम हो कि भन्ने रहेको अध्यक्ष केसी बताउँछन् । उनले गत वर्ष १२ प्रतिशतको लक्ष्य हुँदा ३ प्रतिशतमा खुम्चिएको बताए । गत साल कसिलो मौद्रिक नीति ल्याउँदा पनि राष्ट्र बैंकले साढे १२ प्रतिशतको कर्जा विस्तार लक्ष्य अघि सारेको उनको भनाइ छ ।















