Dhulikhel Eco Banner new

सामाजिक सञ्जालमा नेतृत्वलाई निचा र आफूलाई उच्च देखाउँने प्रवृत्ति बढ्यो : अर्थमन्त्री महत

4.93K
shares

काठमाडौं, १५ साउन । अर्थमन्त्री डा. प्रकाश शरण महतले कांग्रेसकै नेताहरुले सामाजिक सञ्जालमा नेतृत्वलाई निचा देखाउँने र आफूलाई उच्च देखाउँने काम गरेको आरोप लगाएका छन् ।सोमबार काठमाडौंमा आयोजित चियापान तथा भेटघाट कार्यक्रममा कांग्रेसका प्रवक्ता समेत रहेका महतले कांग्रसले गरेको राम्रो कामको प्रचार नगर्ने तर एक अर्काको कमजोरीको चाहिँ प्रचार गर्ने प्रवृतिले पार्टी बलियो नहुँने बताए ।

उनले भने,‘नेपाली कांग्रेसले काम गर्छ तर प्रचार गर्दैन । प्रचार चाँहि एक अर्काको कमजोरीको गर्छौ । सामाजिक सञ्जाल छदैँ छ जताततै पुगिहाल्छ सामाजिक सञ्जालमा एक अर्कालाई होच्याउँने काम बन्द गरौं । संयन्त्र छ त्यहाँ छलफल गरौं हामीले गरेको काम जनताको बीचमा पु¥याउ नेतृत्वलाई निचा देखाउँने र आफूलाई उच्च देखाउँने प्रवृतिले पार्टी बलियो हुँदैन ।’

नेता महतले सबै नकारात्मक सोचलाई पछाडि छोडेर चुनाव मिसन ८४ मा लाग्नु पर्ने धारणा पनि राखे ।