Dhulikhel Eco Banner new

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

5.77K
shares

काठमाडौं, १८ साउन । साताको कारोबारको पाचौं दिन आज सुनचाँदीको भाउ घटेको छ । बिहीबार सुन तोलामा २०० रुपैयाँले सस्तिएको छ । यस्तै, चाँदी पनि प्रतितोला ३५ रुपैयाँले घटेको छ ।

आज एक लाख १२ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ६५० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुन तोलामा ६०० रुपैयाँले सस्तिएर प्रतितोला एक लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । २ दिनमा सुन तोलामा ८०० रुपैयाँले गिरावट भएको छ ।

बिहीबार चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला एक हजार ४२५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।