Dhulikhel Eco Banner new

युवाले गाउँ छाडे, बहुउपयोगी जडिबुटी चिराइतो खेतीप्रति मोह घट्यो

1.22K
shares

काठमाडौं,२ भदौ । ताप्लेजुङमा नगदेबालीका रूपमा चिनिएको चिराइतो खेतीप्रति किसानको आकर्षण घट्दै गएको छ। बजार मूल्यमा उतारचढाव, उत्पादन लागत वृद्धि, वन फँडानीमा कडाइ, श्रमिक अभाव र युवाको वैदेशिक पलायनका कारण किसानले चिराइतो छाडेर अलैँची तथा अन्य वैकल्पिक खेती रोज्न थालेका छन्।

मिक्वाखोला–५ पापुङका तेन्जिङ शेर्पाले गत वर्ष २० मन चिराइतो उत्पादन गरे पनि यस वर्ष करिब तीन मन मात्र संकलन गरेका छन्। उनी चिराइतो खेती छाडेर काठमाडौं बसाइँ सरेका छन्।

त्यस्तै, फक्ताङलुङ–६ का केरसिं लिम्बूले विगतमा ६० देखि ८० मनसम्म चिराइतो उत्पादन गर्थे। अहिले भने चिराइतो छाडेर अलैँची खेती विस्तार गरिरहेका छन्।

अनुसन्धानकर्ता डा. टंकप्रसाद बराकोटीका अनुसार चिराइतो नेपालका करिब ६० हिमाली तथा पहाडी जिल्लामा पाइन्छ। औषधिजन्य तथा आर्थिक महत्व बोकेको चिराइतो नेपाली जडिबुटीमध्ये प्रमुख मानिन्छ।

डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ६ हजार २० किलो र २०८१/८२ मा ५ हजार ४०० किलो चिराइतो निकासी भएको थियो। २०८२/८३ मा भने निकासी बढेर २० हजार ३२० किलो पुगेको कार्यालयले जनाएको छ।

बजारमा राम्रो सम्भावना हुँदाहुँदै पनि किसानको घट्दो आकर्षण र गाउँबाट युवाको पलायनले चिराइतो खेतीको भविष्य चुनौतीपूर्ण बन्दै गएको छ।