Dhulikhel Eco Banner new

सरकारले भ्रष्टाचारका मुद्दा टुङ्गोमा पुर्यााएरै छोड्छ : प्रवक्ता शर्मा

4.98K
shares

काठमाडौं, ३१ साउन । सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भ्रष्ट्राचारका मुद्धालाई टुङ्गोमा पु¥याएरै छोड्ने प्रतिवद्धता जनाएकी छिन् ।

प्रेस सेन्टर नेपाल दाङले, घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले भुटानी शरनार्थी , ललिता निवासी र सुन प्रकरणका बिषयमा सरकारले अनुसन्धान जारी राखेको र त्यसलाई टुङ्गोमा पु¥याएरै छोड्ने बताइन् ।

घटनाको सत्यतथ्य बुझेर दोषीमाथी कारर्वाही गर्न सरकार प्रतिवद्ध रहेको उनको भनाई छ ।
सरकार गठन भएदेखि नै सुशासन र सेवा प्रवाहका बिषयमा ध्यान केन्द्रीत गरेको बताउँदै उनले बिगतमा भएका बदमासी पूर्ण कामहरुलाई उजागर गर्दै यस्ता घटना नियन्त्रण गर्न सरकारले अभियान नै चलाएको बताइन् ।

मुलुक न्याय र समृद्धिको पक्षमा अगाडी बढेको बताउँदै उनले खराव कुराका विरुद्ध लड्दै सरकार शुसासनका पक्षमा निरन्तर काम गरेको दाबी गरिन् ।