GBIME

सुरक्षा कोषको सदुपयोगले समृद्ध राष्ट्र निर्माणमा योगदान पुग्छ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

1.07K
shares

काठमाडौं, ३१ साउन । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अनौपचारिक क्षेत्रका मजदुरलाई सामाजिक सुरक्षा कोषमा जोडिदाँ समृद्ध राष्ट्र निर्माणको योजनामा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

सरकारले अनौपचारिक क्षेत्रका मजदुरलाई समेत सामाजिक सुरक्षा कोषमा जोड्ने कार्यक्रमको शुभारम्भ सभामा उनले, कार्यन्वायनमा थुप्रै चुनौति भएपनि सरकारले गरेको प्रयास सकरात्मक रहेको बताए ।

‘नेपालको पूर्वाधारमा विकास निर्माणमा गर्नुपर्ने राष्ट्रिय गौरवका आयोजनामा गर्नु पर्ने, समृद्ध नेपालको लागि गर्नु पर्ने काममा कोषको सही सदुयोग गरेर मजदुरहरुको सुरक्षाको कोषले उनीहरुलाई सुरक्षा दिदै अगाडि बढोस् । ’उनले भने ।

नेपालमा झण्डै ५० लाख भन्दाबढी जनशक्ति अनौपचारिक क्षेत्रमा रहेको अनुमान छ ।