GBIME

शेयर बजार राताम्य, कारोबार रकममा पनि गिरावट

1.18K
shares

काठमाडौं, ३१ साउन । कारोबारको चौथो दिन आज शेयर बजार दोहोरो गिरावट आएको छ । आज बुधबार २० दशमलव ३१ अंकको गिरावट आएको छ । आज २० अंकले घटेको शेयर बजार २०२५ दशमलव १२ विन्दुमा पुगेको छ ।

आज २६९ कम्पनीका ४८ लाख ३८ हजार १०६ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ६७ करोड ९९ लाख ८० हजार ६२३ रुपैयाँको कारोबार भएको छ ।

आज क वर्गको कम्पनीको मापन सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । आज ५ दशमलव ५४ अंकको गिरावट आएको सेन्सेटिभ इन्डेक्स ३८६ दशमलव ३० विन्दुमा पुगेको छ ।