Dhulikhel Eco Banner new

सिटिजन लाइफको आईपीओ खुल्दै, एक कित्ताको २४४ रुपैयाँ पर्ने

4.67K
shares

काठमाडौं, ६ भदौ । प्रिमियम मूल्यमा सिटिजन लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि आईपीओ निश्काशन गर्ने भएको छ । कम्पनीले भदौ १५ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको हो ।

कम्पनीको आईपीओमा आवेदन दिनका लागि प्रतिकित्ता २ सय ४४ रुपैयाँ तिर्नुपर्नेछ । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा सिटिजन लाइफले आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीको जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । जारी पुँजीको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न कम्पनीले अनुमति पाएको छ ।

अनुमति पाएको मध्ये ५ प्रतिशतले हुन आउने ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता प्रतिशेयर १०० रुपैयाँमा इन्स्योरेन्सका कर्मचारीहरुका लागि निष्काशन गरिसकेको छ । वैदेशिक रोजगारीमा जाने सर्वसाधारणहरुको लागि समेत कम्पनीले आईपीओ जारी गरिसकेको छ ।