सुनको मूल्य स्थिर, चाँदीको घट्यो
वि.सं.२०८० भदौ ११ सोमवार १२:१०
8.29K
shares
shares

काठमाडौँ, ११ भदौ । सुनचाँदी बजारमा साेमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय रूपैयाँ कायम भएको छ ।
पछिल्लो चार दिनदेखि सुनको मूल्य स्थिर रहँदै आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार साेमबार तेजाबी सुनको मूल्य स्थिर रहि प्रतितोला एक लाख १० हजार पाँच सय ५० रूपैयाँ कायम छ ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रूपैयाँले घटेर एक हजार चार सय ६० तोकिएको महासङ्घले जनाएको छ ।
















