नीति तथा कार्यक्रम दीर्घकालिन सोचका साथ आएको छ : विनोद चौधरी
वि.सं.२०७९ जेठ ११ बुधवार १७:४५
shares

काठमाडौं, ११ जेठ । नेपाली काङग्रेसका सांसद विनोद चौधरीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम दीर्घकालिन सोचका साथ आएको प्रतिक्रिया दिएका छन् । सांसद चौघरीले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै यस्तो बताएका हुन् ।
उनले सरकारको नीति तथा कार्यक्रमहरु उद्योग क्षेत्रमा मात्रै नभएर समग्र क्षेत्रमा थुप्रिएर बसेका समस्याको अध्ययन गरेर ल्याएको बताएका छन् । सांसद चौधरीले लामो समय देखि माग गरिएको प्रवासमा बस्ने नेपालीले भोट हाल्न पाउने सुविधा यो कार्यक्रममा समेटिएको बताएका छन् ।
उनले नेपाल उद्योग परिसंघले अगाडि सारेको मेक इन नेपाल, मेड इन नेपाल कार्यक्रम तथा औद्योगिकरण उत्पादन र उत्पादकत्व दशक घोषणाले उद्योग क्षेत्रमा नयाँ उर्जा थप्ने कार्यक्रम आएको दावी गरे । सांसद चौधरी नीति तथा कार्यक्र सम्रगमा राम्रो आएकाले कार्यान्वयन क्षप कमजोर भएकाले बजेट मार्फत कार्यन्वय क्षमता बढने विश्वास व्यक्त गरे । उनले सबै क्षेत्रका समस्या प्राथमिकताका आधारमा नीति तथा कार्यक्रममा समेटिको पनि बताए ।
उनले भने– ‘उद्योग मात्रै नभएर समग्रमा धेरै अध्ययन गरेर धेरै क्षेत्रका कुराहरुलाई बटुलेर थुप्र्रिएर बसेका धेरै समस्यालाई सम्बोधन गर्ने दृष्टिकोणबाट नीति तथा कार्यक्रममा संयोजन गरिएको छ भन्दा अतियुक्ति नहोला । यो कार्यक्रममा सयौं दुर गामी सोचका कुराहरु रहेका छन । प्रवासमा रहेका नेपालीले भोट गर्ने कुरा देखि लिएर प्रत्येक गैरआवसीय नेपालीलाई परिचय पत्र देखि सामाजिक सुरक्षाका प्याकेज उपलब्ध गराउने देखि लिएर नेपाल उद्योग परिसंघले थालेको मेक इन नेपाल र मेड इन नेपाल र दश वर्ष औद्योगिकरण उत्पदान र उत्पादनक दशकका रुपमा मुलुकलाई लिएर जाने प्रतिवद्धता व्यक्त भयो । यसले नयाँ उर्जा दिन्छ । तर हाम्रो कुनै पनि नीति कार्यक्रम बजेट कार्यान्वयका पक्ष प्रश्नचिन्ह लाग्ने गर्छ ।’















