Dhulikhel Eco Banner new

पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न देशभक्त जनगणतान्त्रिक मोर्चाको माग

5.94K
shares

काठमाडौैं, ११ जेठ । देशभक्त जनगाणतान्त्रिक मोर्चाले इन्धनमा भएको मूल्य वृद्धि फिर्ता लिन माग गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलनका आयोजना गर्दै मोर्चाले यस्तो आग्रह गरेको हो ।

मोर्चाका अध्यक्ष सिपी गजुरेलले पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेका हुन् । पटक–पटक गरिएको मूल्यवृद्धिले जनता मारमा परेको भन्दै उनले यसबिचमा गरिएको सम्पूर्ण मूल्यवृद्धि फिर्ता गरि पहिलेकै ठाउँमा ल्याउनुपर्ने माग गरेका छन् । अन्तर्राष्ट्रिय रुपमा बढेको मूल्यवृद्धिले मात्रै नभइ सरकारले विभिन्न करहरु जोडेका कारण मूल्यवृद्धि भएको उनले बताए । अध्यक्ष गजुरेलले मूल्यवृद्धि फिर्ता गरी जनतालाई राहत दिन पनि सरकारसँग माग गरेका छन् ।

उनले भने– ‘हिसाब गर्दा के देखिन्छ भने ९ अर्ब २० करोड रुपैयाँ त महिनैपिच्छे यिनीहरुले आयल निगमबाट नाफा खाँदा रहेछन । त्यो बोझ ग्राहकहरुलाई दिन्छन । त्यसो हुनाले यो अन्यायपूर्ण छ । त्यसकारण यो तुरुन्त खारेज हुनुपर्छ भन्ने हामी माग गर्न चाहान्छौँ । हामी देशभक्त जनगणतान्त्रिक मोर्चाको तर्फबाट जोडदार के माग गर्न चाहान्छौ भने जहाँ अहिले बढेको छ, त्यसैलाई फिक्स गरेर छोडिदिने होइन, पहिलेकै ठाउँमा हुनुपर्छ । फिर्ता हुनुपर्छ । जतिपनि यो बिचमा बढेको छ त्यो सबै फिर्ता भएर जनतालाई राहत दिनुपर्छ भन्ने हामी माग गर्न चाहान्छौँ ।’

अध्यक्ष गजुरेलले निर्वाचनमार्फत जनताले विकल्प खोजेको बताए । जनताले पुराना पार्टी र नेताहरुलाई विश्वास नगरेका कारण स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरु विजयी भएका उनले बताए । जनताले पुराना पार्टी र तिनका नेतृत्वको विकल्प खोजेको पनि उनले बताएका छन् । ‘मान्छेले आफनो असन्तुष्टि विभिन्न ढंगबाट व्यक्त गरेका छन । र यो चुनावमा त्यो अभिव्यक्त भएको छ । किन एउटा अपरिचित मान्छेलाई मान्छेले उम्मेदवार बनाए भने यो पुराना ठुल्ठुला पार्टीहरु, त्यहाँका नेताहरु माथि जनताको विश्वास छैन अब त्यही कुरा बुझिन्छ । त्यसैहुनाले त अर्को नयाँ मान्छे चाहियो । उनीहरु माथि विश्वास छैन । त्यसो भएर ठाउँ ठाउँमा स्वतन्त्र उम्मेदवारहरु विजय भइराखेका छन । यसको अर्थ जनताले विकल्प खोजेको छ । यि नेतृत्वले हुँदैन । यो पार्टीले हुँदैन भन्नेकुरा जनताले अभिव्यक्ति दिएका छन,’ उनले भने ।