Dhulikhel Eco Banner new

सिभिल बैंकको संस्थापक शेयर विक्रीमा

6.76K
shares

काठमाडौं, १३ जेठ । सिभिल बैंकले ३ लाख ७० हजार ७०६ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।

कम्पनीले शुक्रवार सूचना जारी गर्दै कम्पनीका विद्यमान ५ जना संस्थापक शेयरधनीहरुको नाममा रहेको उक्त शेयर विक्री गर्ने जानकारी दिएको छ ।

उक्त शेयरमा कम्पनीका संस्थापक शेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । शेयर खरीद गर्न इच्छुक संस्थापकले ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय सुन्धारा, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

उक्त अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा प्रचलित कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई उक्त शेयर विक्री गर्ने कम्पनीले जानकारी दिएको छ ।