कृषि विकास बैंकले गर्यो ऋणपत्र बाँडफाँड
वि.सं.२०७९ जेठ १३ शुक्रवार १०:५९
4.89K
shares
shares

काठमाडौं, १३ जेठ । कृषि विकास बैंकको कृषि ऋणपत्र बाँडफाँड भएको छ ।
कम्पनीले रू. १ हजार प्रति ऋणपत्रका दरले २५ लाख ७३ हजार २५ कित्ताले हुन आउने रू. २ अर्ब ५७ करोड ३० लाख २५ हजार बराबरको ऋणपत्र परिपत्र विधिबाट वैशाख २६ गतेदेखि जेठ ९ गतेसम्म निष्कासन गरेको थियो ।
सो अवधिभित्र रितपूर्वक ऋणपत्रका लागि प्राप्त आवेदनहरु नियमअनुसार २५ लाख ७३ हजार २५ कित्ता ऋणपत्र बाँडफाँट गरेको जानकारी दिइएको छ ।
ऋणपत्रको विक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।















