Dhulikhel Eco Banner new

युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा हुने

7.1K
shares

काठमाडौं, १३ जेठ । युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले जेठ १४ गते शनिवार १२औं वार्षिक साधारण सभा हुने भएको छ । सभा आभ्या क्लव, पोखरामा बिहान ११ बजे शुरु गर्ने निर्णय गरेको हो ।

सभाको प्रस्तावमा आर्थिक वर्ष २०७७ र ७८ वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने रहेको छ ।साधारण सभा प्रयोजनका लागि वैशाख ३० गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा वैशाख २९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन पाउनेछन् ।