Dhulikhel Eco Banner new

चुनावले अर्थतन्त्र चलायमान : राष्ट्र बैंक

6.11K
shares

काठमाडौं, १४ जेठ । नेपाल राष्ट्र बैंकले स्थानीय तह निर्वाचनका कारण अर्थतन्त्र थप चलायमान भएको बताएको छ । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो बताएका हो ।

कोभिड–१९ संक्रमण जोखिम कम भएसँगै आर्थिक गतिविधि समेत विस्तार हुन थालेको राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय तथ्यांक विभागले चालु आवमा कुल गार्हस्थ उत्पादन ५.८४ प्रतिशतले आर्थिक वृद्धिदर हुने अनुमान गरेको छ । स्थानीय तह निर्वाचनले मूल्यमा भने चाप परेको जनाइएको छ ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्म औसतः मुद्रास्फीति लक्षित सीमा भित्र रहेको भन्दै स्थानीय तह निर्वाचन, पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धि, रुस–युक्रेन युद्ध र महामारीपछि आन्तरिक मागमा आएको विस्तारले मूल्यमा चाप परेको नेपाल राष्ट्र बैंकको भनाइ छ ।

२०७८ चैतमा मुद्रास्फीति ७.२८ प्रतिशत पुगेको थियो भने २०७७ चैतमा मुद्रास्फीति ३.१० प्रतिशत मात्रै थियो । राष्ट्र बैंकका अनुसार आयातमा भएको उल्लेख्य वृद्धि र विप्रेषण आप्रवाह स्थिर रहँदा बाह्य क्षेत्र भने अझै दबावमा रहेको छ ।