GBIME

अव्यवस्थित कमलपोखरी, बालेनको पुग्ला त आँखा ?

1.4K
shares

काठमाडौं, १२ जेठ । ६ करोड ३६ लाख रुपैँया लगानी गरेर पुुनः सञ्चालनमा ल्याइएको कमलपोखरी फोहोरले अस्तव्यस्त बनेको छ । काठमाडौं महानगरको मध्य भागमा रहेको कमलपोखरी सबै मान्छेहरुको आकर्षणको केन्द्र हो । तर सुुरुवाती अवस्थामा नै फोहोरले अव्यवस्थित भएपछि त्यहाँ घुुम्न आउने पर्यटकहरु समेत आक्रोशित बनेका छन् ।

भर्खर पुनर्निर्माण गरिएको पोखरीभित्र फोहोर जमेर दुर्गन्धित बन्न थालेको छ । २०७९ साल चैत २८ गते महानगरका तत्कालिन मेयर विद्यासुुन्दर शाक्यले उद्घाटन गरेका थिए । पोखरीमा रहेको फोहोरले यो पोखरीको सौन्दर्यतालाई मात्रै असर गरेको छैन् । यहाँ घुम्नका लागि आउनेहरुलाई पनि यो पोखरीको फोहरले दिक्दार बनेका छन् । उद्घाटन पश्चात सञ्चालनमा आएको उक्त पोखरी दुुई महिना नबित्दै यस्तो फोहोर र दुर्गन्धित बनेको देख्दा खल्लो लागेर आउँछ । लिच्छविकालदेखि सुुरु भई मल्ल राजाहरुले समेत प्रयोग गरेको यो ऐतिहासिक पोखरी अहिले अस्तव्यस्त बनेको छ ।

यो पोखरीको भ्रमण र अवलोकन गर्न आन्तरिक तथा बाह्य थुपै पर्यटकहरु आउने गर्छन । टाढाबाट ऐतिहासिक पोखरी नियाल्न आएका उनीहरु पोखरी राम्रो निर्माण भएकोमा खुुसी व्यक्त गर्छन् । तर पोखरी यतत्रत रहेको फोहोरका कारण भने यहाँ आउनका लागि सोच्नु पर्ने अवस्था रहेको घुम्न आएकाहरु बताउँछन् । विरगंजबाट घुुम्न आएका रमेश चौराशिया भन्छन्, पोखरी घुुम्न पाउदा खुुसी लागेको छ तर वरपरको फोहार देख्दा भने मनमा घृणा जागेको छ ।’ ‘पोखरीको बारेमा जति सुुनेको थिएँ यहाँ आउँदा भने त्यस्तो पाइएन्, पोखरीमा पस्ने गेटमा पाले राख्ने र जथाभावी फोहोर फाल्न नदिने हो भने पोखरीमा घुम्न आउनेको घुुईचो हुन्छ,’ उनले भने ।

चौरसिया जस्तै बानेश्वर बस्ने सुुवेक्षा हुमागाई पनि पोखरी व्यवस्थित हुन नसकेको बताउँछिन् । उनी भन्छिन्, ‘बच्चा बेलादेखि नै घुुम्न आइरहेको यो पोखरीमा फोहोरका कारण अहिले आउनै मन नलाग्ने भएको छ, जताततै फोहोर छ, पोखरीको पानी उस्तै प्रदुशित बनेको छ ।’ यहाँ घुुम्न आउने मान्छेहरु पनि अलि सचेत बन्नु पर्ने उनको तर्क छ । घुम्न आउनेहरु पनि सभ्य बनेर फोहोर फाल्ने स्थानमा मात्रै फोहोर फाल्ने काम गरेको भए पनि धेरै मात्रामा फोहोर व्यवस्थापन हुन्थ्योहोला उनले भनिन् । यहाँ आएका व्यक्तिहरुले आफूले गरेका फोहोरहरुलाई डस्टविनमा फालिदिए हुन्थ्यो उनले सुनाइन् । पोखरी बनाउने मात्रै नभएर यसको संरक्षण गर्नका लागि स्थानीयहरु पनि जागरुप हुनु पर्ने उनको तर्क थियो ।

पोखरी वरपर रहेका स्कुल तथा अफिसहरुमा कार्यरत कर्मचारी तथा विधार्थीहरुको एकछिन आराम गर्ने बिन्दु पनि हो कमलपोखरी । आराम गर्ने यस्तो सुुन्दर र आनन्दित तुल्याउने पोखरी वरपर फोहोर नभए राम्रो हुने कुरा उनीहरु बताउछन् । अब यसलाई सुुन्दर, सफा र हराभरा बनाउने जिम्मेवारी सरको हो ? जिम्मेवार निकायले यसमा ध्यान दिन जरुरी देखिन्छ ।

अब आउने नवनिर्वाचित मेयर बालेन शाहले यसलाई नियन्त्रण गर्न सक्लान ? दुई महिनामै यति प्रदुुशित बनेको यस कमलपोखरीलाई बेलैमा व्यवस्थापन गर्न सकियो भने यहाँ धेरै पर्यटकको घुुइँचो लाग्नेमा कुनै शंंका छैन ।