Dhulikhel Eco Banner new

संसदमा आर्थिक सर्वेक्षण पेस हुँदै

5.67K
shares

काठमाडौं, १४ जेठ । प्रतिनिधि सभामा शनिबार आर्थिक वर्ष २०७८-०७९ को आर्थिक सर्वेक्षण पेस हुने भएको छ । प्रतिनिधि सभाको बैठक शनिबार बिहान ११ बजेका लागि बोलाइएको छ र सो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रम छ ।

शुक्रबार नै आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण पेस हुन सकेन । आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभन्दा अघि नै आर्थिक सर्वेक्षण पेस गर्नुपर्ने व्यवस्था छ ।

सरकारले आइतबार सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट पेस गर्नेछ । संघिय सरकारले जेठ १५ गते बजेट ल्याउनुपर्ने संविधानमा व्यवस्था छ ।