Dhulikhel Eco Banner new

सिटिजन्स बैंकको सहायक कम्पनी सि.बि.आई.एल. सेक्यूरिटिज सञ्चालनमा

6.19K
shares

काठमाडौं, २४ मंसिर । धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ को नियम ७ उपनियम १ मा प्रचलित कानून बमोजिम स्थापना भएको बैंक वा वित्तीय संस्थाले आप्mनो शत प्रतिशत स्वामित्व भएको सहायक कम्पनी धितोपत्र दलालको रुपमा कार्य गर्न सक्ने व्यवस्था अनुरुप कम्पनी रजिष्ट्रारको कार्यालयमा मिति २०७६।०२।२८ स्थापित सि.बि.आई.एल. सेक्यूरिटिज कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट श्रावण ३२ गतेका दिन र नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट मिति २०८०।६।२९ मा धितोपत्र दलाल नं.९१ सदस्यता प्राप्त गरिएकोमा २४ गते एक समारोहका बीच सिटिजन्स बैंकको संचालक समितिका अध्यक्ष प्रबल जंग पाण्डेले कम्पनीको विधिबत उदघाटन गरी कम्पनीको टि.एम.एस सेवा संचालनमा ल्याए ।

कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष पाण्डेले संस्थाको पूर्ण सफलताको कामना गर्दै धितोपत्र बजारमा सि.बि.आई.एल. सेक्यूरिटिजले आफनो छुट्टै पहिचान बनाउने धारणा व्यक्त गरे । साथै सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले यस संस्था सिटिजन्स बैंकको पूर्ण स्वामित्वमा खोलिएको पहिलो संस्था भएको र आगामी दिनहरुमा अरु विभिन्न किसिमका सेवा सुविधाहरु ग्राहकहरु माझ ल्याउने गरि थप संस्थाहरुको स्थापना गर्न सकिने धारणा व्यक्त गरे । यो संस्था बैंकको आफ्नै कुपन्डोल स्थित भवन बाट संचालनमा ल्याइएको छ । उक्त उद्घाटन समारोहमा सिटिजन्स बैंकका संचालकहरु , प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापन लगायत उक्त सेक्यूरिटिजका संचालकहरु, कम्पनी कर्मचारीहरुको उपस्थिति थियो ।

धितोपत्र बजारमा एक विश्वसनीय धितोपत्र दलालको रुपमा स्थापित हुने उद्देश्यले स्थापित यो कम्पनीमा अनुभवी कर्मचारीद्वारा छिटो एवं छरितो सेवा प्रदान हुने र यसको प्रधान कार्यालय, कुपण्डोल, ललितपुरमा रहेको छ । यस कम्पनीले आफना ग्राहकलाई ब्रोकर खाता खोल्ने सेवा लगायत डिम्याट खाता तथा केन्द्रीयकृत प्थ्ऋ खोल्ने सेवा समेत प्रदान गरिने व्यवस्था गरिएको छ । यसको साथै यस कम्पनी सिटिजन्स बैंक लिमिटेडको कुपण्डोल शाखा भवनमा रहेको हुंदा ग्राहकहरुले बैंक खाता खोल्न तथा शेयर धितो कर्जा समेत एकै भवनवाट सेवा प्राप्त गर्न सक्नेछन । यस कम्पनीले निकट भविष्यमा देशका विभिन्न प्रदेशहरुमा शाखा खोली ग्राहकहरुलाई उच्चस्तरको धितोपत्र दलाल सेवा प्रदान गर्ने उद्देश्य लिइएको छ ।

सिटिजन्स बैंकको पूर्ण स्वामित्वमा खोलिएको यो पहिलो संस्था हो । यस अघि बैंकले आफ्नो प्रमुख लगानीमा सिटिजन्स क्यापिटल लिमिटेड पनि स्थापना गरि संचालनमा ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५१ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।