साना किसान विकास लघुवित्तले गत वर्षको मूनाफाबाट लाभांश वितरण गर्ने
वि.सं.२०८० मंसिर २४ आइतवार ११:२३
4.65K
shares
shares

काठमाडौं, २४ मंसिर । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ ।
आज अर्थात् मंसिर २४ गते बसेको सञ्चालक समितीको बैंठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र ५ प्रतिशतका दरले नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

















