Dhulikhel Eco Banner new

हिमाल दोलखाको एक घण्टामै ८ लाख कित्ता शेयर किनबेच

4.68K
shares

काठमाडौं, २ पुस । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयर एक घण्टामै ८ लाख कित्ता किनबेच भएको छ । सोमबार कारोबार भए लगत्तै धेरै सप्लाई धेरै देखिएको यस कम्पनीको शेयर कारोबार संख्याका आधारमा पनि पहिलो नम्बरमा देखिएको छ ।

बजार खुलेको पहिलो घण्टामा १ हजार ९ सय कारोबारबाट ८ लाख बढी कित्ता शेयर किनबेच भएको छ । पहिलो घण्टामै कारोबार रकम पनि १२ करोड माथि देखिएको छ । कम्पनीकाे शेयर मूल्य काराेबार खुलेकाे पहिलाे घण्टामा ७ प्रतिशतले बढेकाे छ । याे १२ बजेसम्मकाे अपडेट हाे ।