राष्ट्र बैंकले २० अर्ब २५ करोड ऋण नवीकरण गर्ने
वि.सं.२०८० पुस १६ सोमवार १४:१५
3.85K
shares
shares

नेपाल राष्ट्र बैंकले यसअघि ट्रेजरी बिलमार्फत उठाएको २० अर्ब २५ करोड रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ।
जसमा ९१ दिने ७ अर्ब ७५ करोड रुपैयाँ, १८२ दिने ५ अर्ब रुपैयाँ र ३६४ दिने ७ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल रहेका छन्। यी ट्रेजरी क्रमशः चैत २० गते, २०८१ असार १९ गते र २०८१ पुस १६ गते परिपक्व हुनेछन्।
यी ट्रेजरी बिल भोलि पुस १७ गते जारी हुनेछ। यसको बोलकबोल आज पुस १६ गते दिउँसो २ बजे हुने राष्ट्र बैंकले जनाएको छ।

















