Dhulikhel Eco Banner new

सम्पर्क विहिन जहाज खोज्न नेपाली सेनाको सहित २ वटा हेलिकप्टर पठाइयो

6.38K
shares

काठमाडौं, १५ जेठ । केहीबेर अघि सम्पर्क विहिन बनेको तारा एयरको जहाज खोज्नका लागि हेलिकप्टर पठाइएको छ । २ वटा हेलिकप्टर पठाइएको गृहमन्त्रालयले जनाएको छ ।

गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेले एउटा फिस्टेल एयरको हेलिकप्टर हिडिसकेको बताए ।

उनका अनुसार नेपाली सेनाको हेलिकप्टर समेत भर्खरै उडेको छ । पोखराबाट अर्को एक निजी हेलिकप्टर पनि जाने बताए ।