Dhulikhel Eco Banner new

मुस्ताङका डिएसपी भन्छन्– मौसमका कारण खोजिमा समस्या भयो

8.27K
shares

काठमाडौं, १५ जेठ । मौसम खराबीका कारण सम्पर्क विहिन बनेको तारा एयरको जहाज खोज्न समस्या भएको छ । काठमाडौंबाट समेत हेलिकप्टर पठाइएपनि मुस्ताङमा मौसम खराब हुँदा समस्या भएको हो ।

मुस्ताङको लेते भन्ने डाँडामा विमान दुर्घटना भएको हुनसक्ने आशंकामा प्रहरीले त्यसतर्फ टोलि परिचालन गरेको छ । प्रहरी नायव उपरीक्षक (डिएसपी) रामकुमार दानीले मौसम खराबीका कारण आशंका गरिएको घटनास्थलसम्म पुग्न समस्या भएको बताए ।

‘खोजीकार्य तीव्र पारिएको छ, तर मौसम खराबीका कारण हेलिकप्टर जान पनि समस्या भएको छ’ केटिएम भ्वाइससँगको कुराकानीमा डिएसपी दानीले बताए ।