सनराइज क्यापिटलमा निःशुल्क डिम्याट खाता खोल्न सकिने
वि.सं.२०७९ जेठ १५ आइतवार १५:४५
shares

काठमाडौं, १५ जेठ । सनराइज क्यापिटल लिमिटेडले निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ ।
कम्पनीले “नेपाल सरकारको एक नेपाली एक डिम्याट खाता” अभियानलाई सार्थक बनाउने उद्वेद्धश्यसहित जेठ १६ गतेदेखि असार मसान्तसम्म सम्पूर्ण ग्राहकहरुलाई निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको हो ।
उक्त सुविधा तथा अभियानबाट विशेषत पूँजीबजार बाहिर रहेका गृहीणी, विद्यार्थी तथा नयाँ लगानीकर्ताहरुलाई फाइदा पुग्नुका साथै सर्वसाधारण व्यक्तिहरुमा डिम्याट खाताको पहुँचमा वृद्धि हुने कम्पनीले विश्वास लिएको छ ।
सर्वसाधारणलाई लक्षित गरि ल्याइएको यस्ता कार्यक्रमले सर्वसाधारणहरुलाई पूँजीबजारमा प्रवेशका लागि अवसरका साथै समग्र बजारमा लगानी वृद्धिलाई समेत सहयोग पुग्ने कम्पनीले बताएको छ । उक्त सुविधा कम्पनीको कार्यालय कमलपोखरी, काठमाडौं, तथा सनराइज बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट पनि प्राप्त गर्न सकिने छ ।

















