माउन्टेन ग्लोरीले आईपीओ निष्काशन गर्ने
वि.सं.२०८० माघ १३ शनिवार १३:२३
shares

काठमाडौं, १३ माघ । बिगत ८ वर्ष देखि दोभिल्ला, पोखरा स्थीत माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा संचालन गरी आएको माउन्टेन ग्लोरी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले प्रतिकिता १०० रुपैयाँले अकिंतको ४० लाख कित्ता साधारण शेयर निष्काशन गर्न भएको हो । कम्पनीले आईपीओ निष्काशनका लागि लक्ष्मी सन्राइज बैंकको सहायक कम्पनी एल एस क्यािपटल लिमिटेड, नयाँ बानेश्वर, काठमाडौलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको छ ।
साधारण शेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फवाट अध्यक्ष शुनिल भक्त श्रेष्ठ र लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठकाबीच द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता भएको छ ।
जारी पूँजी १ अर्व ५० करोड रुपैयाँ रहेको माउन्टेनले पोखराको दोभिल्ला स्थीत करिब ७० रोपनी क्षेत्रफलमा फैलिएको ६४ कोठा सहित बिषेश सुविधा सम्पन्न रिजोर्टको रुपमा माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा संचालन गरी सुविधा उपलब्ध गराउदै आएको छ ।
निकट भविष्यमा शेयर निष्काशन पश्चात कोठाहरु थप गरी विदेशी होटल संग अनुबन्धन गरे पश्चात पाँच तारे होटलकोे रुपमा सेवा उपलब्ध गराउने योजना समेत कम्पनीको रहेको छ ।















