नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खुल्यो
वि.सं.२०८० माघ २६ शुक्रवार ०९:२२
shares
सांकेतिक तस्वीर
काठमाडौं, २६ माघ । नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी माग गरेको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना प्रकाशन गर्दै प्रहरी माग गरेको हो ।
प्रहरी जवानका लागि १ हजार ८५६ जना, ५३ जना भान्छे, ७ जना हजाम, २० जना कुचिकार र १४ जना खेलाडी माग गरिएको छ । आवेदकले फागुन २ गतेदेखि चैत ९ गतेसम्म तोकिएको प्रहरी कार्यालयमा उपस्थित भई दरखास्त दिन सक्नेछन् ।
आवेदकले कुनै एक दर्ता केन्द्रबाट मात्र दरखास्त फारम दर्ता गर्नुपर्ने छ दाहोरो दरखास्त दर्ता गरेको पाइएमा भने दरखास्त फारम रद्ध हुने कार्यालयले जनाएको छ । दरखास्त फारम रद्ध भएमा दरखास्त दस्तुर फिर्ता नहुने कार्यालयद्वारा जारी सूचनामा भनिएको छ ।


















