नागरिक लगानीको आम्दानी ९२ करोड ४५ लाख, नाफा कति ?
वि.सं.२०८० माघ २६ शुक्रवार ०९:४५
shares

काठमाडौं, २६ माघ । नागरिक लगानी कोषलेचालु आर्थिक वर्ष २०८०–०८१ को पुस मसान्तसम्मको आर्थिक विवरण सार्वजनिक गरेको छ ।
कोषले सार्वजनिग गरेको विवारण अनुसार ९२ करोड ४५ लाख ८६ हजार रुपैयाँ जम्मा आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्ष भन्दा १०.८१ प्रतिशतले बढेको छ ।
कोषको आम्दानी बढेसँगै खुद नाफा पनि बढेको छ । गत वर्ष भन्दा कोषले ६.३८ प्रतिशत बढी नाफा गरेको छ । गत वर्षको दोस्रो त्रैमाससम्ममा कोषले ५१ करोड ३२ लाख रुपैयाँ नाफा गरेको थियो भने चालु आवको सोही अवधिमा ५४ करोड ६० लाख रुपैयाँ नाफा गरेको छ ।
कोषको ब्याज आम्दानी ८.०७ प्रतिशत बढेको छ । सेवा शुल्क तथा कमिशन आम्दानी १२.०९ प्रतिशत, कुल खर्च ३१.०२ प्रतिशतले बढेको छ ।
कोषको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६० पैसा घटेर २० रुपैयाँ ५५ पैसामा सीमित भएको छ। कोषको प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १०७.७८ गुणा रहेको छ।
५ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कोषको जगेडा कोषमा २४ अर्ब ४१ लाख रुपैयाँ सञ्चित छ।


















