भगवती हाइड्रोपावरको खुद नाफा २३.२६ प्रतिशतले वृद्धि
वि.सं.२०८० माघ २८ आइतवार १२:३६
shares

काठमाडौं, २८ माघ । भगवती हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८०–०८१ को वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा २३.२६ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीले चालु आवको पुस मसान्तसम्ममा ३ करोड ७७ लाख ५८ हजार रुपैयाँ नाफा गरेको छ भने गत आवको सोही अवधिमा ३ करोड ६ लाख ३४ हजार खुद नाफा गरेको थियो ।
कम्पनीले विद्युत विक्रीबाट गत वर्ष भन्दा १३.३१ प्रतिशतले वृद्ध गरेर ८ करोड २० लाख ६ हजार रुपैयाँ आम्दानी गरेको छ । अन्य स्रोतबाट ४७ लाख ६२ हजार आम्दानी गरेको छ ।
कम्पनीको प्रशासनिक खर्च ४६.९९ प्रतिशतले बढेको छ भने वित्तीय खर्च ८८.६० प्रतिशतले घटेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ७.५६ प्रतिशतले घटेर १३ रुपैयाँ २ पैसा रहेको छ । समिक्षा अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १.५२ प्रतिशतले घटेर ११५ रुपैयाँ ९२ पैसा कायम भएको छ । कम्पनीको मुल्य आम्दानी अनुपात ४३.७१ रहेको छ ।
कम्पनीको चुक्ता पुँजी गत वर्षभन्दा ३३.३३ प्रतिशतले वृद्धि भएर ५७ करोड २० लाख ६४ हजार पुगेको छ ।

















