युनाइटेड अजोड इन्स्योरेन्सका डेपुटी सीईओले दिए राजिनामा
वि.सं.२०८० फागुन ३ बिहीवार १२:२८
6.81K
shares
shares

काठमाडौं, ३ फागुन । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका डेपुटी सिईओ कुमार बहादुर खत्रीले राजिनामा दिएका छन् ।
अजोड र युनाइटेड मर्ज हुनुभन्दा अगाडि अजोडका सीईओ रहेका खत्री मर्जपछि डेपुटी सीईओ भएका थिए ।
उनले अहिले सञ्चालक समिति समक्ष राजिनामा दिएका छन् । उनी २०७५ साल जेठमा अजोडमा सिईओ नियुक्त भएका थिए ।
नेपाल इन्स्योरेन्स कम्पनीबाट विकास अधिकृतबाट बीमा क्षेत्रमा प्रवेश गरेका खत्री तत्कालिन एनबी इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स हुँदै अजोड इन्स्योरेन्स हुँदै युनाईटेड अजोडमा थिए ।



















