Dhulikhel Eco Banner new

बैंकहरुले अपाङ्ग व्यक्तिको लागि विशेष काउन्टर र एटिएम तोक्नु : राष्ट्र बैंक

5.12K
shares

काठमाडौं, ८ फागुन । नेपाल राष्ट्र बैंकले फरक क्षमता भएका व्यक्तिहरुलाई बैंकहहरुले विशेष काउन्टर तोक्नुपर्ने नियम रहेको राष्ट्र बैंकले अवगत गराएको छ ।

मंगलबार राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले एक सूचना जारी गर्दै बैंकहरुलाई उक्त नियम रहेको अवगत गराएको हो ।

‘स्थाीय तहमा पाँचभन्दा बढी शाखा रहेका स्थानमा कम्तीमा एक शाखा र एटीउम लाउञ्ज भएका स्थानमभा एक वटा एटीएम अपाङ्गमैत्री बनाउनुपर्ने छ’, महाशाखाले जारी सूचनामा भनेको छ, ‘अपाङ्गता भएका व्यक्तिलाई एटीएम, मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङ जस्ता वित्तीय सेवाहरु व्यक्ति स्वयम्ले उक्त सेवा उपयोग गर्ने सक्षम रहेको यकिन गरी उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।’