Dhulikhel Eco Banner new

घट्यो अमेरिकी डलको विनिमय दर, कतिमा हुँदैछ करोबार ?

4.43K
shares

काठमाडौं, ९ फागुन । बुधबार अमेरिकी डलरको विनिमय दर घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्रा विनिमय दरअनुसार अमेरिकी डलरको विनिमय दर मंगलबारका तुलनामा घटेको हो।

अमेरिकी डलर १ को नेपाली खरिद दर १३२ रुपैयाँ ४५ पैसा र बिक्री दर १३३ रुपैयाँ ०५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ। मंगलबार अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर १३३ रुपैयाँ १३ पैसा रहेको थियो। विगत ४ दिनदेखि अमेरिकी डलर यही विनिमय दरमा कारोबार भइरहेको थियो।

त्यस्तै बुधबार १ युरोको नेपली खरिद दर १४२ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ६३ पैसा निर्धारण गरिएको छ। यसअघि मंगलबार युरो १ को खरिद दर १४२ रुपैयाँ ८७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५१ पैसा रहेको थियो।

त्यस्तै अस्ट्रेलियन डलर १ को नेपाली खरिद दर ८६ रुपैयाँ ८१ पैसा र बिक्री दर ८७ रुपैयाँ २० पैसा तोकिएको छ। बुधबारका लागि दक्षिण कोरियन वन १०० को नेपाली खरिद दर ९ रुपैयाँ ९२ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९७ पैसा कायम गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ।