भूमि आयोगमा ९७ जनालाई रोजगारिको अवसर
वि.सं.२०८० फागुन ९ बुधवार १०:२६
5.49K
shares
shares

काठमाडौं, ९ फागुन । राष्ट्रिय भूमि आयोगमो कर्मचारी माग गरिएको छ । आयोगको नापी प्राविधिक (सर्भेक्षक)का लागि करारमा ९७ जना कर्मचारी माग गरिएको हो ।
बुधबार सूचना जारी गर्दै संक्षिप्त सूची निर्धारण तथा अन्तर्वार्तामार्फत करार सेवामा कर्मचारी लिइने आयोगले जनाएको छ।
परीक्षामा सहभागी हुन ‘सर्वे’ वा ‘जिओमेटिक्स’ विषय लिई ३ वर्षे प्रवीणता प्रमाणपत्र सरहको डिप्लोमा पास गरेको हुनुपर्ने आयोगले बताएको छ। त्यस्तै १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने पनि सूचनामा उल्लेख गरिएको छ।


















